Like us!
Follow us!
Connect us!
Watch us!

रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्न चाहन्छन् जेलेन्स्की

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १२ : ४२ मा प्रकाशित

रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्न चाहन्छन् जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न चिनियाँ नेता सी जिनपिङसँग ‘सीधा’ कुरा गर्ने मौका खोजिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

एससीएमपीसँगको एउटा अन्तर्वातमा युक्रेनी नेताले चीनलाई रुसमाथि आफ्नो ठूलो राजनीतिक र आर्थिक प्रभाव प्रयोग गरी युद्धको अन्त्य गर्न आग्रह गरे।

‘यो एउटा धेरै शक्तिशाली राज्य हो ।  यो एक शक्तिशाली अर्थतन्त्र हो । तसर्थ, रसियालाई राजनीतिक, आर्थिक रूपमा प्रभाव पार्न सक्छ । चीन संयुक्त राष्ट्र सुरक्षा परिषदको एक स्थायी सदस्य पनि हो’, साउथ चाइना मर्निङ पोस्टले जेलेन्स्कीलाई उद्धृत गर्दै लेखेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको