Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारको कारोबार छिट्टै बन्द हुन्छ - नेप्से

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १६ : २५ मा प्रकाशित

शुक्रबारको कारोबार छिट्टै बन्द हुन्छ - नेप्से

शुक्रबारको कारोबार छिट्टै बन्द हुने भएकाे छ । 

नेपाल आर्थिक पत्रकार संघ नाफिजकाे आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक निरञ्जन फुँयालले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको बताएका हुन्।

"अहिलेसम्म हाम्रोमा सातामा ६ दिन सेयर कारोबार खुल्छ तर अब छिट्टै हामीले यसलाई ५ दिनमा झार्दै केही दिन भित्रमै शुक्रबारको कारोबार हामीले बन्द गर्दैछौ", उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको