Like us!
Follow us!
Connect us!
Watch us!

तत्काल निक्षेपको ब्याजदर बढ्दैनः अनिल उपाध्याय

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १२ : १५ मा प्रकाशित

तत्काल निक्षेपको ब्याजदर बढ्दैनः अनिल उपाध्याय

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तिय संस्थाहरुको नाममा परिपत्र जारी गरेपछि आज शुक्रबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । 

शुक्रबार भएको छलफलमा तत्कालका लागि बैंहरुले ब्याजदर नबढाउने सहमति गरेका हुन् । अहिलेलाई ब्याजदर नबढाउने सहमति भएको छ तर भदौ महिनाको ब्याजदरका बिषयमा भने अहिले कुनै निर्णय नभएको बताउछन् नेपाल बैंकर्स संघका अध्यक्ष एबं कृषि विकास बैंकका सिईओ अनिल कुमार उपाध्याय । 

‘अहिले चालु महिनामा बैंकको ब्याजदर नबढाउने सहमति बैठकमा भएको छ तर भदौ महिनाका लागि के गर्ने भन्ने बिषयमा अहिले कुनै निर्णय भइसकेको छैन’ उपाध्यायले भने ‘राष्ट्र बैंकले ब्यादर बढाउने र घटाउने दुबै बाटो खुला गरिदिएको छ अब भदौका लागि के गर्ने भन्ने बिषयमा फेरी अर्को पटक बस्ने बैठकले निर्णय गर्नेछ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको