नेपाल बैंकर्स संघले ब्याजदर बढाएको आरोप उद्योगी(व्यवसायीहरुले लगाएपछि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरुले व्याज बढाएको दाबी गरेका छन्।
मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई महिनाको समय दिएर व्याजदर बढाएको पनि स्पष्ट पारे ।
उनले हाल डलरको मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवसायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीं नभएको पनि बताए।
अध्यक्ष उपाध्यायले बजारमा तरलता अभावका कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको भन्दै चालू आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन भएको बताए।
उनले कर्जाको व्याजदर परिर्वतन हुने व्यवस्थापनका साथ काम गर्न सक्ने अवस्थाको बानी बसाल्न आवश्यक रहेको भन्दै हाल अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि व्याजदर वृद्धि गरेको स्मरण गरे। कारोबार दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस