Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २२ साउन २०७९, ११ : ५७ मा प्रकाशित

एनसीसी बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले साउन १५ गते, आइतबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे संस्थापक समूहकाे सेयर भर्ने आज (साउन २२ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले यसअघि पनि दुईपटकसम्म बिक्री गर्दा नबिकेपछि २६ लाख ३१ हजार १ सय ३६ कित्ता संस्थापक सेयर फेरि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

उक्त लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यस सेयरमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको