Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरुलाई लाभांश लिन महालक्ष्मी विकास बैंकको आग्रह

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १० : २६ मा प्रकाशित

सेयरधनीहरुलाई लाभांश लिन महालक्ष्मी विकास बैंकको आग्रह

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकसंग मर्जरमा गएका विभिन्न वित्तिय संस्थाहरुको साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । 

बैंक संग मर्ज भएका साविकका मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स कम्पनी, यती फाइनान्स, सिद्धार्थ फाइनान्स तथा भ्यालि फाइनान्सका विभिन्न साधारणसभाले पारित गरेका लाभांशहरु केहि सेयरधनीहरु हालसम्म पनि नलिएकोले उक्त लाभांश पुर्जा लिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको हो । सेयरधनीहरुले बैकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नारायचौर नक्साल काठमांडौमा गई आफ्नो लाभांश पुर्जा लिन सक्नेछन् । 

अन्यथा, प्रचलित कानुन बमोजिम नगद लाभांश बापतको सम्पूर्ण रकम उक्त लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने समेत बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेको सूचनाः

62f09449435e7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको