Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमक सङ्घद्वारा २ संस्थालाई आर्थिक सहयोग

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १६ : २९ मा प्रकाशित

जीवन बीमक सङ्घद्वारा २ संस्थालाई आर्थिक सहयोग

जीवन बीमक सङ्घ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हिजो साउन २२ गते दुइ संस्था काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोईरालालाई ४० लाख र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सन्जेललाई ३० लाख रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक सङ्घ नेपालका अध्यक्ष लगायतका पदाधिकारीद्वारा बीमा समितीका अध्यक्ष र कार्यकारी निर्देशक समेतको उपस्थितीमा काठमाडौंको रविभवन स्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भयो ।

समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजार भन्दा बढी आर्थिक हिसाबले कमजोर विधार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उदेश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ । 

त्यसैगरि, काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका –०७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधा सहितका बाल अस्पताल बनाउने उदेश्य लिएको छ भने नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उदेश्य लिएको छ ।

जीवन बीमक सङ्घ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थीक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए ।

बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवाल ज्यूले राम्रो काम गर्ने समाज सेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा हो र संस्थागत समजिक उत्तरदायित्तोे अन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्नुपर्ने बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको