Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरलको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

अर्थ संसार

सोमबार, २३ साउन २०७९, १६ : ४६ मा प्रकाशित

आइएमई जनरलको सीईओमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको असार ७ गतेको बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ साउन २३ गतेदेखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् ।

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिव ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ । 

सोही अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको सञ्चालक समितिका अध्यक्ष लगायत सञ्चालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरुलाई सधन्यवाद व्यक्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको