Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेन युद्धमा ८० हजार रुसीको मृत्यु भएको हुन सक्छः अमेरिका

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ०८ : २० मा प्रकाशित

युक्रेन युद्धमा ८० हजार रुसीको मृत्यु भएको हुन सक्छः अमेरिका

२४ फेब्रुवरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका  छन् । '

६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ', रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । यो अवधिमा रुसी सेनाले तीन देखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उनले बताए । 

युद्धको सुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी  गरेका छन् । रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिहेका बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको