Like us!
Follow us!
Connect us!
Watch us!

चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस

अर्थ संसार

बुधबार, २५ साउन २०७९, ०७ : ३६ मा प्रकाशित

चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस

एजेन्सी- चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्मसानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ ।

यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरुको भनाइ छ । 

संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो संक्रमणबाट अहिलेसम्म चीनम ३५ जना संक्रमित भएको जनाइएको छ । 

अहिले विश्वभर महामारीको स्वरुप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको