Like us!
Follow us!
Connect us!
Watch us!

मर्जमा जाने कम्पनीको कारोबार अब १५ दिन मात्रै रोक्का हुने

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १७ : ३१ मा प्रकाशित

मर्जमा जाने कम्पनीको कारोबार अब १५ दिन मात्रै रोक्का हुने

अब उप्रान्त मर्जरमा जाने कम्पनीहरूको कारोबार १५ दिन मात्र रोक्का हुने भएको छ । यसअघि मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएदेखि एकिकृत कारोबार सुरू नभएसम्म कारोबार रोक्का हुने प्रावधान थियो । लामो समय कारोबार रोक्का हुँदा लगानीकर्ताहरूको सम्पत्ति बन्धक बनेको भन्दै लगानीकर्ताहरूले बारम्बार यसको विरोध गर्दै आएका थिए । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् मर्जरमा जाने कम्पनीहरूको सेयर कारोबार रोक्का गर्ने निर्णय सेबोनको नियम अनुसार हुने भनेको थियो । सोही अनुसार सेबोनले अब १५ दिनमात्रै कारोबार रोक्का गर्ने प्रावधान ल्याउन लागेको हो । 

संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै बोर्डले यस्तो जानकारी दिएको हो ।

बाेर्डकाे निर्देशिकामा भनिएकाे छ, "धितोपत्र बजारले उपदफा (१) बमोजिम एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ ।"

तर संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको शेयर कारोबार रोक्का राख्नु नपर्ने पनि बाेर्डले जनाएकाे छ । 

62f4ed1d3ed00.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको