Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाईफ इन्स्योरेन्स ३५ करोड घाटामा, ईपिएस पनि ऋणात्मक

अर्थ संसार

शुक्रबार, २७ साउन २०७९, ०९ : २१ मा प्रकाशित

नेपाल लाईफ इन्स्योरेन्स ३५ करोड घाटामा, ईपिएस पनि ऋणात्मक

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको ०७८/०७९ को अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफामा ब्यापक गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा समिक्षा अविधीमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँ नोक्सानीमा छ । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ९.४४ प्रतिशतले बढेर ३४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा २८ करोड ८३ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक र कम्पनीको प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ८२ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको