रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मर्जरबाट बनेको रिडि पावर कम्पनी लिमिटेडको सेयर नेप्सेमा सुचिकृत भएको छ । मर्जर पश्चात बनेको रिडि पावर कम्पनी लिमिटेडको नाममा १ करोड १० लाख ६३ हजार ५८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको सेयरलाई न्युनतम ओपनिङ्ग रेन्ज ७०८ रुपैयाँ ६० पैसा प्रदान गरेको छ अब यहि न्यूनतम मूल्यबाट नै कम्पनीको सेयर कारोबार सुरु हुनेछ । नेप्सेले कम्पनीको सेयरलाई आरआईडिआई (RIDI) कारोबार संकेत प्रदान गरेको छ ।
कम्पनीले असार ३१ गतेबाट मर्जर प्रक्रिया पुरा गरी संयुक्त कारोबार समेत सुरु गरिसकेका छन् ।
कारोबार खुल्दा ७ सय रूपैयाँ भन्दा माथि कारोबार खुल्ने अनुमान गरिएको छ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा मर्जर गर्ने सम्झौता भएपछि गत कार्तिक १८ गते बिहिबारदेखि दोस्रो बजारमा यी दुई कम्पनीको कारोबार रोक्का छ ।
रिडी हाइड्रो र रैराङ हाइड्रोपावरलाई १ः०.९३ सेयर स्वाप रेसियोमा एक्वायर हुन लागेका हुन् । जस अनुसार रैराङ हाइड्रोको १०० कित्ता सेयर हुनेले अब रिडी हाइड्रोको नाममा ९३ कित्ता सेयर पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस