Like us!
Follow us!
Connect us!
Watch us!

५१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्सको नाफा, ईपिएस कति ?

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०६ : २५ मा प्रकाशित

५१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्सको नाफा, ईपिएस कति ?

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६८ करोड ९३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५१.२० प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ४१ करोड २६ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.६९ प्रतिशत घटेर ९ अर्ब २६ करोड ३ लाख ८१ हजार रूपैयाँ पुगेको छ । यस अवधिसम्ममा कम्पनीको कुल खर्च भने ८.४४ प्रतिशतले बढेको छ । सोही कारण पनि नाफा प्रभावित बन्न पुगेको हो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ८३ करोड १९ लाख रूपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको