Like us!
Follow us!
Connect us!
Watch us!

लाईफ इन्स्योरेन्स कर्पोरेशन ८ करोड घाटामा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०८ : २८ मा प्रकाशित

लाईफ इन्स्योरेन्स कर्पोरेशन ८ करोड घाटामा, अन्य अवस्था कस्तो ?

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको ०७८/०७९ को अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफामा ब्यापक गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ९ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएकोमा समिक्षा अविधीमा कम्पनी ८ करोड ७४ लाख ६९ रुपैयाँ नोक्सानीमा छ । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ६.३९ प्रतिशतले बढेर १८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ६१ करोड ५५ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार ९३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३० पैसा ऋणात्मक र कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62f9b3b3d3c98.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको