Like us!
Follow us!
Connect us!
Watch us!

रैराङको सेयर अझै लगानीकर्ताको खातामा आएन, नेप्सेको लापरवाहीले लगानीकर्ता मारमा

अर्थ संसार

सोमबार, ३० साउन २०७९, १३ : २० मा प्रकाशित

रैराङको सेयर अझै लगानीकर्ताको खातामा आएन, नेप्सेको लापरवाहीले लगानीकर्ता मारमा

आजबाट दोस्रो बजार कारोबार खुलेको रिडि पावर कम्पनीका साविकको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर हुने सेयरधनीहरुको हितग्राही खातामा अहिले सम्मपनि नयाँ कम्पनीको सेयर खतामा आएको छैन । 

आईतबार मात्र रिडि पावर कम्पनी लिमिटेडको नाममा १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । साविकका रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीहरुको हितग्राही खातामा सेयर आइसकेको भएतापनि अहिलेसम्म पनि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी सेयरधनीहरुको खातामा भने सेयर आएको छैन । 

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरधनीहरुको खातामा आज केहि समय पछि मात्र सेयर जम्मा हुने र भोलिबाट मात्र कारोबार गर्न सक्ने सिडिएससीले जनाएको छ । ‘साविकको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीहरुको खातामा सेयर जम्मा गर्ने काम अहिले भइरहेको छ आज उहाँहरुको खातामा सेयर जम्मा हुन्छ र भोलि मात्र कारोबार गर्न सक्नुहुन्छ’  सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पुर्ण प्रसाद आचार्यले भने ‘हिजो आईतबार मात्र मर्जर पश्चात बनेको कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएको ले आज हामिले सेयरधनीहरुको खातामा सेयर पठाँउदै छौ यसमा हाम्रो कुनै कमजोरी छैन ।’

यता नेप्सेले भने किन यस बिषयमा अहिले सिडिएससी र नेप्सेमा बिचमा बैठक चलिरहेको जनाएको छ । ‘के कति कारणले यस्तो समस्या आयो हामि र सिडिएससीका प्रतिनिधीहरुका बिचमा छलफल गरिरहेका छौ’ नेप्से प्रवक्ता मुराहरी पराजुलीले भने । 

यो पटक पनि नेप्से आफ्नै निकायहरुसंग समन्वय गर्न चुकेको छ । ‘’नेप्सेले सेयरधनीहरुको खातामा सेयर जम्मा भए नभएको बारे यकिन नै नगरी कम्पनीको कारोबार खोल्दा यो समस्या देखियो एक लगानीकर्ताले भने ‘यदि तयारी पुगेको थिएन भने मंगलबार मात्र कारोबार खुलाउनु पर्ने तर यसरी लापरवाही गर्दा भएको हामी लगानीकर्ताको क्षेती कसले व्यहोर्ने ’। 

मर्जर पश्चात कारोबार खुलेको केहि मिनेटमै रिडी पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागिसकेको छ । प्रतिकित्ता ७०८ रुपैयाँमा सुरु भएको कम्पनीको सेयर मूल्य कारोबार सुरुवातको केहि मिनटमै ९.९९ प्रतिशतले घटेर ६३७.८० रुपैयाँ पुगेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको