Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

सोमबार, ३० साउन २०७९, १६ : ५४ मा प्रकाशित

एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन भएको छ । नेप्सेमा एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को इकाई मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार एनएमबि फिफ्टी योजनाको २१.०५२६३ प्रतिशत नगद लाभांश पछि प्रतिइकाई १० रूपैयाँ ४९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १२ रुपैयाँ ६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै एनएमबि हाइब्रिड फण्ड एल १ योजनाको २१.०५२६३ प्रतिशत नगद लाभांश पछि प्रतिइकाई ९ रूपैयाँ ७८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ११ रुपैयाँ ८९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

क्यापिटलले लाभांश प्रयोजनार्थ भोलि साउन ३१ गते एक दिनका लागि बुकक्लोज समेत गर्ने निर्णय गरेको थियो तसर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको