Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई विशेष अफर

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १९ : ३७ मा प्रकाशित

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई  विशेष अफर

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही मिति ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भएको छ ।  यस योजना अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले Checkout गर्दा या Bill Payment गर्दा Promo code मा “PRABHUCAP10” उल्लेख गर्नुपर्नेछ । 
 
यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्तरगत  ROADHOUSE PIZZA, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले Checkout या Bill Payment गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

62fba35e08730.png 62fba35e52903.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको