Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमा सुधारको संकेतः रेमिट्यान्स बढेर दस खर्ब नाघ्यो, विदेशी मुद्रा सञ्चितिमा सुधार

पत्रपत्रिका

बुधबार, ०१ भदौ २०७९, ०६ : १८ मा प्रकाशित

अर्थतन्त्रमा सुधारको संकेतः रेमिट्यान्स बढेर दस खर्ब नाघ्यो, विदेशी मुद्रा सञ्चितिमा सुधार

 आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मुलुकको अर्थतन्त्र असारसम्म आइपुग्दा भने केही सहज अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८÷७९ को आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग गत असारसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ (नौ अर्ब ५४ करोड डलर) विदेशी मुद्रा सञ्चिति रहेको छ । यो सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्रा सञ्चिति घटेर छ महिनाको मात्र वस्तु तथा आयात धान्न सक्ने अवस्थामा रहेको मुलुकको अर्थतन्त्रका लागि पछिल्लो सञ्चिति अवस्थाले केही राहत पु¥याएको छ ।

पछिल्लो सञ्चिति अवस्था २०७८ असारको तुलनामा १३.१ प्रतिशतले कम भए पनि गत आवको अन्त्यसम्म  आइपुग्दा  भने  घट्दो  सञ्चितिमा  सामान्य भए पनि सुधार आएको देखिन्छ । बढ्दो आयात नियन्त्रणको उपायस्वरूप गत वैशाख दोस्रो सातादेखि विभिन्न दस वस्तुको आयातमा लगाइएको प्रतिबन्धले  घट्दो  सञ्चितिको  दबाबलाई  मत्थर  बनाएको छ । आयात प्रतिबन्धको उक्त व्यवस्था भदौ दोस्रो सातासम्मका लागि कायम छ ।

प्रतिवेदनअनुसार  गत  आवमा  नेपालले  १९  खर्ब २० अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जुन् अहिलेसम्मकै उच्च हो । आव २०७७÷७८ को तुलनामा भन यो आयात २४.७ प्रतिशतले बढी हो । निर्यात भने दुई खर्ब तीन करोड रुपियाँ पुगेको छ । गत आवमा नेपालको निर्यातमा ४१.७ प्रतिशतले सुधार आएको हो । यस हिसाबले गत आवमा मात्रै नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपियाँ पुगेको छ ।

वदेशी मुद्राको सञ्चितिमा सुधार आए पनि चालू  खाता  घाटा  भने  अहिलेसम्मकै  सबैभन्दा  उच्च तहले घाटामा पुगेको छ । प्रतिवेदनअनुसार गत आवमा चालू खाता छ खर्ब २३ अर्ब रुपियाँले घाटामा रहेको छ । त्यस्तै देशमा भित्रिने र बाहिरिने रकमको गणना हुने शोधनान्तर अवस्था पनि दुई खर्ब ५५ अर्ब रुपियाँले घाटा रहेको उल्लेख छ । 

गत  आवका  अघिल्ला  महिनामा  निरन्तर  घटिरहेको  विपे्रषण  असार  मसान्तसम्म  आइपुग्दा  भने बढेको अवस्थामा छ । राष्ट्र बैङ्कका अनुसार गत आवमा विपे्रषण आप्रवाह ४.८ प्रतिशतले बढेर दस  खर्ब  सात  अर्ब  रुपियाँ  पुगेको  छ  ।  समीक्षा  अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या बढेर तीन लाख ५४ हजार नाघेको छ । 

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको