Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपिओ जारी गरेको अभियान लघुवित्तको वित्तिय विवरण प्रकाशित, कस्तो छ अवस्था ?

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, ०७ : १२ मा प्रकाशित

हालै आईपिओ जारी गरेको अभियान लघुवित्तको वित्तिय विवरण प्रकाशित, कस्तो छ अवस्था ?

हालै आईपिओ जारी गरेको अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा गिरावट आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड १० लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.४२ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड ७६ लाख ९६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १७.१९ प्रतिशतले बढेर ९ करोड २ लाख ९१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ७ करोड ७० लाख ४४ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो । 

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा घटेर १ करोड ७५ लाख ७९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २ करोड ३५ लाख ५१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । ्

त्यस्तै, संस्थाको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ९१ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएलं) बढेर २.६० प्रतिशत पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62fee84f6bc06.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको