Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, ०६ : ५३ मा प्रकाशित

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौताभएको छ ।

सोमबार एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिलखारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ । 

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखामार्फत लघुवित्त सेवापदानगर्दै आएको छ । राष्ट्रिय स्तरको अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारण लाई शेयर जारी गरे पश्चातचुक्तापूँजी रु २५ करोड पु¥याएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको