Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न, २३७६ जनाको आवेदन रद्द

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०८ : ४७ मा प्रकाशित

अभियान लघुवित्तको आईपिओ बाँडफाँड सम्पन्न, २३७६ जनाको आवेदन रद्द

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट साउन २२ गते, आइतबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । 

गोलाप्रथाबाट ९१ हजार ३७५ जनाले समान १० कित्ताका दरले सेयर पाएका छन् ।  यस हिसाबमा आईपिओमा आवेदन दिने १९ लाख ५१ हजार ६४५ जना आवेदक हात खाली भएका छन् । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्म २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् थिए ।

कसरी हेर्ने रिजल्ट ?

कम्पनीकाे आईपीओकाे नतिजा मुक्तिनाथ क्यापिटलको वेबसाइट, निष्काशनकर्ता अभियान लघुवित्तको वेबसाइट तथा मेरो सेयरको आईपीओ रिजल्टको वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै, प्ले स्टोरबाट सेयर हब एप्लिकेसन डाउनलोड गरी एकै पटकमा धेरै आईपिओको नतिजा समेत हेर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको