Like us!
Follow us!
Connect us!
Watch us!

लिबर्टी इनर्जी २ करोड ८४ लाख रुपैयाँ घाटामा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, ११ : १० मा प्रकाशित

लिबर्टी इनर्जी २ करोड ८४ लाख रुपैयाँ घाटामा, अन्य अवस्था कस्तो ?

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी २ करोड ८४ लाख ५८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा थियो ।

समिक्षा अवधिमा पनि कम्पनीको बिजुली उत्पादन सुरु नभएकाले यस्तो आम्दानी छैन । कम्पनीले लमजुङको दोर्दी खोलामा निर्माण गरेको २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी संरचना परीक्षणसमेत सकिएको छ । सम्मूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत व्यबसायिक बिद्युत बिक्रि सुरु हुन सकेको छैन । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भकोे आकार १७ करोड ९३ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.९० रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ४ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62ff1fb4594c8.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको