Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, ०७ : ४२ मा प्रकाशित

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासीलाई निष्काशन गरेको आइपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर ५ भदौसम्म पुर्‍याएको थियो ।

कम्पनीले ६ साउनबाट आयोजना प्रभावित स्थानीयवासीलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानीयवासीका लागि सेयर खुला गरेको हो । 

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले यसमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको