Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण कोरियावाट उन्नत जातका साँढे नेपाल ल्याईदै

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, ०८ : ५४ मा प्रकाशित

दक्षिण कोरियावाट उन्नत जातका साँढे नेपाल ल्याईदै

कृषी तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियावाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ । 

हेफर इन्टरनेशनलमार्फत मन्त्रालयले दक्षिण कोरियावाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो ।

हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिना भित्र ती साँढे र गाई नेपाल आई पूग्नेछन । 

पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साढेँ र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ ।

कृषि मन्त्रालयले सवै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारलाई पठाउने पत्र तयार पारिएको पशु बिभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार कोरियावाट ल्याईने साँढे पोखराको पशु प्रजनन केन्द्रमा राखिने छ भने गाईलाई सिन्धुलीस्थित मोडेल डेरी भिलेज फार्ममा राखिने छ ।  

साँढे र गाई ल्याउने सम्पुर्ण खर्च हेफरले नै ब्योहोर्ने छ । कोरिया सरकारले साँढे र गाई नि:शुल्क उपलब्ध गराए पनि कोरियावाट नेपाल ल्याउनका लागि ढुवानी खर्च भने डेढ करोड बराबर हुने हेफरले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको