Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको मुनाफामा छलाङ्ग, कमायो २ अर्ब ७७ करोड नाफा

बुधबार, २५ साउन २०७४, ११ : ३४ मा प्रकाशित

कृषि विकास बैंकको मुनाफामा छलाङ्ग, कमायो २ अर्ब ७७ करोड नाफा

अर्थ संसार, काठमाडौं–  कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमास सम्ममा आईपुग्दा नाफामा छलाङ्ग मार्न सफल भएको छ ।

बैंकले  २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ मुनाफा कमाएको छ  । बैंकले अघिल्लो वर्षको यही  अवधिमा मुनाफा २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

१२ अर्ब ५२ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा ९ अर्ब ८८ करोड ८० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १३ दशमलव ७९ प्रतिशत वृद्धि गरी ९९ अर्ब ९५ करोड २० लाख रुपैयाँ संकलन गरेको छ ।

जसबाट कर्जामा ८८ अर्ब २९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलव ३९ प्रतिशतले वृद्धि गरेको हो ।

त्यस्तै खुद व्याज आम्दानी १३ दशमलव ४६ प्रतिशतले बढेर ७ अर्ब १० करोड ४० लाख रुपैयाँ पुगेको छ र संचालन मुनाफा ३० प्रतिशतले बढेर २ अर्ब ८५ करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ राखेको छ भने ६९ करोड ६८ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी ३४ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ५८ गुणारहेको छ । त्यसै गरी  प्रतिशेयर नेटवर्थ २ सय ३४ दशमलव ९१ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव १८ प्रतिशत रहेको छ ।

बैंकको पूँजीकोष अनुपात शुन्य दशमलव ३१ प्रतिशतले बढेर १७ दशमलव ४७ प्रतिशत र निस्कृय कर्जा १ दशमलव ३९ प्रतिशतले घटेर २ दशमलव ९७ प्रतिशत रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको