Like us!
Follow us!
Connect us!
Watch us!

रुसी हमलामा ९ हजार युक्रेनी मारिएको किभको स्वीकारोक्ती

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, ०६ : ३२ मा प्रकाशित

रुसी हमलामा ९ हजार युक्रेनी मारिएको किभको स्वीकारोक्ती

रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए ।

भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने बताएका छन् । उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब ९,००० नायकहरूमध्ये हुन सक्ने उनले बताए । 

झन्डै ६ महिना लामो युद्धमा युक्रेनी अधिकारीहरुले सैन्य क्षतिको बारेमा बिरलै जानकारी दिने गरेका छन् । यसअघि अप्रिलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा ३ हजार युनेक्री सेना मारिएका र १० हजार घाइते भएको जनाएका थिए । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको