Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १० : २७ मा प्रकाशित

ङादी ग्रुपको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले श्रावण १८ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.५ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १५० प्रतिशतले हुन आउने एक करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले हकप्रद प्रयोजनका लागि असार २० गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ बैंकका ताेकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको