Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूकाे ऋणपत्र भर्ने आज अन्तिम माैका

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, ११ : २२ मा प्रकाशित

बैंक अफ काठमाण्डूकाे ऋणपत्र भर्ने आज अन्तिम माैका

बैंक अफ काठमाण्डू लिमिटेडले भदाै २ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र भर्ने आज अन्तिम दिन रहेकाे छ । 

बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक १०.५० प्रतिशत व्याज भएकाे "बीओके डिबेञ्चर, २०८६ (क)" नाममा ऋणपत्र निष्कासन गरेकाे हाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब १० करोड रूपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई  ६ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याइएकाेमध्ये ५ प्रतिशत अर्थात् २२ हजार कित्ता सामूहिक लगानी काेषका लागि छुट्याइएकाे छ । 

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

को हो बिक्री प्रबन्धक ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले एनआईबिएल एस क्यापिटल लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको