Like us!
Follow us!
Connect us!
Watch us!

राजीनामाको तयारीमा राष्ट्रपति !

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, २० : ३२ मा प्रकाशित

राजीनामाको तयारीमा राष्ट्रपति !

राष्ट्रपति विद्या देवी भण्डारी पदबाट राजिनामाको मुडमा पुगेकी छन्। राष्ट्रपति कार्यालयबाट फिर्ता भएको नागरिकता विधेयक पुनः संसदबाट जस्तोको त्यस्तै पारित भएपछि उनले पदबाट राजीनामा दिने तयारी गरेकी हुन । 

उनले आजै राष्ट्रपतिको सुरक्षा हेर्ने सेना सहित सबैलाई बोलाएर धन्यवाद समेत दिईसकेको स्रोतको दाबी छ । राष्ट्रपतिले राजीनामा दिन सक्ने संदेश प्रधानमन्त्री देउवाले समेत आफ्नो पार्टीका नेताहरुलाई दिएका छन् ।    

वैवाहिक अंगिकृतको व्यवस्थाबारे पुनर्विचार गर्न भन्दै सरकारले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक भण्डारीले संसदमा फिर्ता पठायकी थिइन् । तर प्रतिनिधिसभाबाट फेरि सोही विधेयक हुबहु पारित भइसकेको छ र राष्ट्रिय सभामा पेश हुने क्रममा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको