Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ भर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, ११ : ०० मा प्रकाशित

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ भर्ने आज अन्तिम माैका

एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गते, बिहीबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २’ नामक म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । याे बन्दमुखी योजना हो । 

क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ कराेड ६८ लाख इकाई कोष प्रवद्धक एनएमबी बैंक र १ प्रतिशत अर्थात् १२ लाख इकाई याेजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडलाई छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले यस म्युचुअल फण्डमा ढुक्क भएर लगानी गर्न सबै लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । यस म्युचुअल फण्डबाट लगानीकर्ताहरूले कुल २४० प्रतिशत प्रतिफल पाउने प्रक्षेपण गरिएकाे उनले बताए । 

म्युचुअल फण्डबारे अन्य जानकारी लिन तलकाे भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको