Like us!
Follow us!
Connect us!
Watch us!

ङादी खोलामा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण हुने

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, ११ : २५ मा प्रकाशित

ङादी खोलामा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण हुने

लमजुङको मर्स्याङ्दी गाउँपलिकाको ङादी खोलामा हव पावर प्रालिले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

पानीलाई १८३६.५० मिटर लामो हेडरेस सुरुङ र ४१९ मिटर लामो पेनस्टक पाइपमार्फत् सतही विद्युतगृहमा पुर्‍याइनेछ ।  आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

यही क्रममा विद्युत् विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी गरिरहेको छ । विभागले अनुमतिपत्र जारी गर्नुअघि सूचना प्रकाशन गरेर आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ ।

सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह  गरेको छ । आयोजनाको मुख्य सूचनाहरू खोलाको बायाँ किनारमा रहनेगरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । 

आयोजनाबाट निर्माण सुरु गरेको ३ वर्षमा उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ । आयोजना पूरा भएपछि वार्षिक ७७.६६८ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् १३२ केभी लाइनमार्फत ४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको टारीकुना सबस्टेसनमा जोडिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको