Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकमा लगानी गर्दा नाफा कि घाटा ? हेनुहोस्, कम्पनीको एक बिश्लेषण

विहीबार, २६ साउन २०७४, ०८ : ३० मा प्रकाशित

कृषि विकास बैंकमा लगानी गर्दा नाफा कि घाटा ?  हेनुहोस्, कम्पनीको एक  बिश्लेषण

इन्भर्टेड ह्याम्मर
कृषि विकास बैङ्कले सार्वजनिक गरेको आव २०७३/ ७४ को चौंथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा १२ प्रतिशतले बढेर रू.२ अर्ब ७७ करोड ६७ लाख पुगेको छ ।

सञ्चालन नाफा ३० प्रतिशत र रू ६९ करोड ६८ लाख खराब कर्जा उठाउँन बैङ्क व्यवस्थापन सफल भएकाले खुदनाफा बढेको हो । साथै, बैदेशिक मुद्रा विनिमयबाट रू ६१ लाख १८ हजार आम्दानी गर्न सफल भएको छ ।

बैङ्कको चुक्तापूँजी रू १२ अर्ब ५२ करोडभन्दा बढी रहेको छ । बैङ्कले सम्भावित जोखिम वापतको व्यवस्थामा रू १ अर्ब १८ करोड ९५ लाख राखेको छ भने यो निष्क्रिय कर्जा २ दशमलव ९७ प्रतिशत रहेको छ ।

वर्गिकरण स् बाणिज्य बैङ्क  

पछिल्लो व्यापार मूल्यः रू ४५०
५२ हप्ताको उच्च व्यापार मूल्य : रू १११३
५२ हप्ताको न्यून व्यापार मूल्य : रू ३६०
१८० दिनको भारित औसत व्यापार मूल्य : रू ४८०.४७

कम्पनीका महत्वपूर्ण अनुपात :

 

सञ्चालक समिति :

अध्यक्ष :चित्र बहादुर सेजुवाल

व्यवस्थापन समिति :

प्रमुख कार्यकारी अधिकृत : लिला प्रकाश सिटौला
प्रधान कार्यालय: राम शाहपथ काठमाडौं
वेबसाइट :  adbl.gov.np
शाखा : ७५
स्टक सङ्केत : एडिबिएल

प्राविधिक विश्लेषण :

  • मैनबत्ती बिश्लेषण स् बैङ्ककोे ६१ दिनको कारोबार अवधिमा इन्भर्टेड ह्याम्मर आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बुलिशमा जाने सङ्केत गर्दछ । यसको बिश्वसनियता समान्य रहेको छ ।

  • आरएसआई स् बैङ्कको ६१ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन ९५० दशमलव ३९ स्केल०मा छ । यसले शेयर खरीद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसन स् कम्पनीको ६१ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १ दशमलव ४६ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  •  मुभिङ एभरेज स् बैङ्कको ६१ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य र २६ दिने मूल्य रेखा भन्दा १४ दिने औसत मूल्यरेखा माथि छ । हालको मूल्य रू.४ सय ५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा ४ सय ३३ मा टेवा पाउन सक्छ भने मूल्य महँगिएमा रू.४ सय ५४ मा प्रतिरोध पाउन सक्छ ।

महत्वपूर्ण अनुपात :


 

लाभांश विवरण :


आधारभूत विश्लेषण :

बैङ्कको चौंथोत्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :

  •  बैङ्कको चौंथो त्रैमासमा खुदनाफा १२ प्रतिशतले बढेर रू,२ अर्ब ७७ करोड ६७ लाख पुगेको छ । सञ्चालन नाफा ३० प्रतिशत र रू. ६९ करोड ६८ लाख खराब कर्जा उठाउँन बैङ्क व्यवस्थापन सफल भएकाले खुदनाफा बढेको हो । साथै, बैदेशिक मुद्रा विनिमयबाट रू.६१ लाख १८ हजार आम्दानी गर्न सफल भएको छ ।

  •  चुक्तापूँजीको तुलनामा खुद नाफा २१ दशमलव ३३ प्रतिशतबाट बढेर २२ दशमलव १८ प्रतिशत पुगेको छ भने बैङ्कको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोडभन्दा बढी रहेको छ ।

  • जगेडा कोषको रकम ५० प्रतिशतले बढेर रू. ९ अर्ब ८८ करोड पुगेको छ । बैङ्कले चौंथो त्रैमाससम्ममा रू. ९९ अर्ब ९५ करोड २० लाख निक्षेप संकलन गरी रू.८८ अर्ब २९ करोड ७५ लाख कर्जा प्रवाह गरेको छ । बैङ्कको लगानी रू.१८ अर्ब ८९ करोडभन्दा बढी रहेको छ ।

  •  खुद ब्याज आम्दानी रू.७ अर्ब १० करोड, कर्मचारी खर्च रू.३ अर्ब ३१ करोड, अन्य सञ्चालन खर्च रू.८३ करोड १५ लाख र सञ्चालन नाफा रू. २ अर्ब ८५ करोड रहेको छ ।

  •  बैङ्कको स्थिर सम्पती रू. १ अर्ब ११ करोड र अन्य सम्पत्ति रू.५ अर्ब ९२ करोड रहेको छ ।

  •  बैङ्कले सम्भावित जोखिम वापतको व्यवस्थामा रू.१ अर्ब १८ करोड ९५ लाख राखेको छ भने यो निष्क्रिय कर्जा २ दशमलव ९७ प्रतिशत रहेको आजको अभियानमा समाचार छ ।

  • पूँजीकोष लागत ५ दशमलव ७४ प्रतिशत रहेको छ भने पूँजीकोष पर्याप्तता १७ दशमलव ४७ प्रतिशत रहेको छ ।

  • बैङ्कको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी रू ३४ दशमलव ५८, मूल्य आम्दानी अनुपात (पिइ रेसियो) १२ दशमलव ५८, तरलता अनुपात ३१ दशमलव १८ प्रतिशत र प्रति शेयर नेटवर्थ रू. २ सय ३४ दशमलव ९१ रहेको छ । बुधवारको शेयर मूल्य नेटवर्थको करीब २ गुणा छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको