Like us!
Follow us!
Connect us!
Watch us!

साउदी अरेबियाले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने

अर्थ संसार

शनिबार, ११ भदौ २०७९, ०८ : १६ मा प्रकाशित

साउदी अरेबियाले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने

साउदी अरेबियाले पाकिस्तानमा १ अर्ब साउदी अरेबियाले आर्थिक र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको पाकिस्तानमा नगदको अभावमा १ अर्ब डलर बराबरको लगानी गर्ने घोषणा गरेको छ ।

साउदी विदेशमन्त्री राजकुमार फैसल विन फहन विन अब्दुल्लाह र उनका पाकिस्तानी समकक्षी बिलवाल भुट्टोबीच भएको टेलिफोन वार्तामा यस्तो सहयोग घोषणा गरिको छ । उक्त अवसरमा साउदी विदेशमन्त्रीले साउदी पाकिस्तानी सम्बन्धबारे छलफल गर्नुका साथै राष्ट्रिय तथा अन्राष्ट्रिय विषयमा छलफल भएको थियो । 

‘पाकिस्तानी अर्थतन्त्र र पाकिस्तानी जनतालाई राज्यले समर्थन गरेको पुष्टि गर्दै दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुलाजिज अल साउदले पाकिस्तानमा १ अर्ब अमेरिकी डलर लगानी गर्न निर्देशन दिएका छन्,’ साउदी प्रेस एजेन्सी (एसपीए) ले भन्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको