Like us!
Follow us!
Connect us!
Watch us!

१३ लाख ७६ हजार जनाको हात खाली गर्दै पिपुल्स पावरको आइपीओ बाँडफाँट हुँदैछ यसरी

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, ०८ : ३५ मा प्रकाशित

१३ लाख ७६ हजार जनाको हात खाली गर्दै पिपुल्स पावरको आइपीओ बाँडफाँट हुँदैछ यसरी

पिपुल्स पावर कम्पनीको आइपीओ आइतबार (आज ) बाँडफाँट हुने भएको छ ।बाँडफाँट कार्यक्रम आज दिनको २ बजे प्रभु बैंकको कार्यालय कमलादीमा तय गरिएको कम्पनीले जनाएको छ। 

१०० रुपैयाँ अंकित दरका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता कित्ता आईपीओ कम्पनीले निस्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको थियो भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । जसको कारण गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुने तय छ ।

पिपुल्स पावर कम्पनीको आइपीओमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो। 

प्रभु क्यापिटलका अनुसार यस कम्पनीकोको प्री– अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ ।

केयर नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘केयर एनपी– बीबी’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा औषत जोखिम रहेको देखाउँछ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको