हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले पुन: वार्षिक साधारण सभा आह्वान गरेको छ । यसअघि भदाै ३ गते, शुक्रबार हुने भनिएकाे कम्पनीकाे साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएकाे थियाे ।
कम्पनीकाे भदाै १० गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हौँ र चौधौँ वार्षिक साधारण सभा भदौ १९ गते, आइतबार, लिसारा बैंङ्क्वेट हल, नक्साल, काठमाडौँमा पुन: बस्नेछ ।
सभाले अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्नेछ । सभाले कम्पनीको पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभामा हकप्रदमार्फत पूँजी वृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित हुनेछ । सभाले १:०.७५ को अनुपातमा ७५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, कम्पनीले सभा प्रयोजनका लागि २६ साउनमा बुकक्लोज गरिसकेको छ । तसर्थ, २५ साउनसम्म कायम सेयरधनीले मात्र सभामा उपस्थित हुन पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस