Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीले पायाे शतप्रतिशत हकप्रद निष्कासनको अनुमति

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १२ : ३६ मा प्रकाशित

अरुण काबेलीले पायाे शतप्रतिशत हकप्रद निष्कासनको अनुमति

अरुण काबेली पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ । विद्युत नियमन आयोगले भदाै १० गते, शुक्रबार तलकाे सूचनामा उल्लेख भए अनुसार केही शर्तसहित शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली पावरलाई अनुमति प्रदान गरेकाे हाे ।

साेही अनुसार अब कम्पनीले चुक्ता पूँजीकाे १:१ काे अनुपातमा हकप्रद सेयर निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । कम्पनीले बोर्डमा निवेदन दिई स्वीकृती पाएपश्चात हकप्रद सेयर निष्कासन गर्नेछ ।  

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि कम्पनीले नबिल इनभेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

कम्पनीले आफ्नाे एघारौं वार्षिक साधारण सभाबाट बोनस वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।

अरुण काबेली पावर लिमिटेड कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि -१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ साल कार्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ।

सूचना हेर्नुहाेस् : 

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको