Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् उत्पादन बढाउन खुकुलो मापदण्ड

पत्रपत्रिका

सोमबार, १३ भदौ २०७९, ०६ : ४० मा प्रकाशित

विद्युत् उत्पादन बढाउन खुकुलो मापदण्ड

अब बन्ने जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बर्सातमै अझै बढी हुन सक्ने गरी प्रवद्र्धकलाई अवसर दिइने भएको छ । आयोजनाको उत्पादन क्षमता निर्धारणका लागि कार्यान्वयन गर्दै आएको डिजाइन डिस्चार्जको क्यु क्राइटेरिया खुकुलो बनाइने भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको जलस्रोतको उच्चतम सदुपयोग गर्ने गरी आयोजनाको क्षमता विस्तार गर्न यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिइन् । “विगतमा विद्युत्को बजार छैन भन्दै कडा मापदण्ड राखिएको थियो होला तर अहिले अवस्था त्यस्तो छैन । क्षेत्रीय बजारमा बिजुली बेच्ने र स्वदेशमै पनि खपत विस्तार गर्न सक्ने अवस्था बनेको छ” मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन ।

हाल जलप्रवाही(आरओआर) तथा अर्धजलाशययुक्त आयोजनाको विद्युत् उत्पादन क्षमता निर्धारण गर्न अहिले क्यु ४० मापदण्ड कार्यान्वयन हुँदै आएको छ । अब प्रवद्र्धकले जनुसुकै डिजाइन डिस्चार्जमा आयोजनाको विकास गर्न मन्त्रालयकै एक अध्ययन प्रतिवेदनले पनि सुझाएको छ ।आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिने अवधिको गणनाका आधारमा क्यु ४० अनुसार गणना गर्दा वर्षभरमा न्यूनतम ४० प्रतिशत समय पूर्ण क्षमतामा उत्पादन हुनुपर्ने हुन्छ तर क्यु २५ मापदण्डमा जाँदा आयोजनाले २५ प्रतिशत समय पूर्ण क्षमतामा उत्पादन गरे पुग्छ ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको