Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, नेपालीलाई प्रतिव्यक्ति ऋण ६९ हजार

पत्रपत्रिका

सोमबार, १३ भदौ २०७९, ०६ : ५८ मा प्रकाशित

सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, नेपालीलाई प्रतिव्यक्ति ऋण ६९ हजार

सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांकमा आधारित 'देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था' प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँले बढेको हो।

आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा नेपालले तिर्न बाँकी ऋण​ १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँबराबर थियो। यस्तो ऋणको भार बढेर गत असार मसान्तसम्म २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ नाघेको हो। 

सरकारले गत आर्थिक वर्ष । २०७८/७९ मा मात्र २ खर्ब ३८ अर्ब रुपैयाँ लिनेगरी सम्भौता गरेको थियो। जसमध्ये १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता हो ।

हाल निरन्तर चलिएको सरकारी सार्वजनिक ऋणले नेपालीको प्रतिव्यक्ति ऋण​भारसमेत बढेर प्रतिव्यक्ति ६८ हजार ९ सय ७ रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकमा यस्तो औंल्याइएको हो। राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको