Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले पठाओ राइडरलाई दियो धोका, एनसेल भन्दा एनटिसी नै बेष्ट !

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, १८ : ०६ मा प्रकाशित

एनसेलले पठाओ राइडरलाई दियो धोका, एनसेल भन्दा एनटिसी नै बेष्ट !

सोमबार विहान करिव ११ बजेतिर कमलादीको प्रभु क्यापिटलको अगाडिको रोड साईटमा एक जना पठाओ राइडर तनावमा थिए । उनी हातमा मोवाइल लिएर एताउता हेर्दै,पटक पटक फोन डायल गर्दै थिए । फोन भने लागेको थिएन ।

धेरै पटक प्रयास गर्दा पनि फोन नलागेपछि उनी नजिकै भएको प्राइभेट कारभित्र रहेका चालकलाई भन्दै थिए– ‘दाई मेरो फोन लागेन, राइडर बुक भएको थियो । लिन आउँदा फोन नै लाग्दैन, अफिसले बुकिङ भएपछि पैसा काट्छ । यता यात्रुसँग सम्पर्क हुँदैन ।

तनाव भयो एकचोटि मेरो मोवाइलमा फोन गर्नुहोस् न । के भयो भयो ? कार चालकले एनटिसीको सिमबाट फोन गर्दा फोन लाग्यो, तर एनसेलको सिमबाट फोन लागेन । फोन नगालेपछि पठाओ राइडर भन्दै थिए– ‘यो एनसेल  कम्पनीको सेवामा कुनै भर छैन । कसलाई के भन्ने ? पैसा मात्र लुट्छ ।’ पठाओ राइडरले त्यति मात्र के भन्न भ्याएका थिए, कार चालकले भित्रबाट भन्दै थिए– ‘म पनि पहिला एनसेल चलाउँथे । अहिले चाहिँ एनसेल फालेर एनटिसी चलाउँदै आएको छु ।

आफ्नै देशको कम्पनी, सस्तो र भरपर्दो पनि छ । त्यसैले म त भन्छु– ‘एनसेलभन्दा त अहिले नेपाल टेलिकम नै बेष्ट छ ।’ कार चालकको कुरा सुनेपछि पठाओ राइडर पनि एनटिसीको सिम किन्ने निर्णयमा पुगेको सुनाउँछन् ।

सोमबार विहान केही घण्टा एनसेलको कुनै नम्बरमा कल नलाग्ने, एसएमएस नजाने, एनसेलको एप नचल्ने समस्या भयो । एनसेलको नेटर्वक र एप नै बन्द भएपछि सेवाग्राहीहरूलाई समस्या परेको थियो । तर, लाखौं ग्राहक मारमा पर्दा पनि एनसेललाई भने कुनै मतलव छैन । एनसेलले सेवा बन्द भएको बारे सेवाग्राही र दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) लाई कुनै जानकारी दिएको छैन ।

सेवा अवरुद्ध भएको सूचाना एनसेलले भित्रभित्रै लुकाउन चाहेको प्रष्ट हुन्छ । लाखौ ग्राहक भएको एनसलले सेवा अवरुद्ध हुँदा किन र कसरी अवरुद्ध भयो भनेर नियामक र ग्राहकलाई जानकारी नगराउनु गैरजिम्मेवारीपन हो ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले एनसेललाई के कारणले सेवा अवरुद्ध भएको हो भनेर जानकारी गराउन निर्देशन दिएको छ । यता, एनसेलको मिडिया प्रमुख बिशाखा खड्काले एनसेलको सेवा करिव १ घन्टासम्म अवरुद्ध भएको बताइन् । उनले भनिन्, ‘हाम्रो सेवा कतै तार काटिएर बन्द भएको हो । बन्द भएको १ घन्टामा सेवा पुनः सुचारु भैसकेको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको