Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबारसम्म धितोपत्र बोर्डको ब्रोकर लाइसेन्स सम्बन्धि प्रस्ताव स्वीकृत नभए आन्दोलन

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, ११ : १८ मा प्रकाशित

बिहिबारसम्म धितोपत्र बोर्डको ब्रोकर लाइसेन्स सम्बन्धि  प्रस्ताव स्वीकृत नभए आन्दोलन

बिहिबार सम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भइ कार्यान्यनमा नआए अहिलेको पार्टी र मन्त्रीहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी लगानीकर्ताले दिएका छन्। 

धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर लाइसेन्स सम्बन्धि नीतिगत प्रस्ताव मन्त्रिपरिषदमा गएर रोकिएर सरकारका केहि मन्त्रीहरुको तर्फबाट तेस्लाई असफल  पार्ने भूमिका खेलिएको भन्ने आरोप सहित आक्रोशित सेयर लगानीकर्ता एकता समिति नेप्से पुगेका छन । 

तिलक कोइरालाको नेतृत्वको समितिले नेप्सेका प्रमुख कृष्ण कार्कीलाई ध्यानाकर्षण गर्न लागेका हुन्।  समितिले आज नै प्रधामन्त्री कार्यालयमा पनि ध्यानाकर्षण गर्न जाने कार्यक्रम राखेका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ३ प्रकारको ब्रोकर लाइसेन्स वितरण गर्ने सम्बन्धी संशोधित नियमावलीको मस्यौदालाई पारित हुन नदिन गृहमन्त्री बालकृष्ण खाँडले चलखेल गरेको समाचार अर्थसंसारले सोमबार लेखेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको