Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई सूचनाको हकबाट बन्चित गराँउदै नेप्से !

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, १२ : ३४ मा प्रकाशित

लगानीकर्तालाई सूचनाको हकबाट बन्चित गराँउदै नेप्से !

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई जानकारी गराउन पर्ने सूचना लुकाएको पाइएको छ।  

नेप्सेले अरुण काबेली पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयर स्वीकृति पाएको सूचना र एलआईसीएनले प्रस्ताव गरेको हकप्रद प्रस्ताव गरेको सूचना नेप्सेले आधिकारिक  रुपमा अझै आफ्नो वेब साइटमा राखेको छैन। 

सामान्यत कुनै पनि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुसंग सरोकार राख्ने सूचना नेप्से मार्फत सार्वजनिक गर्ने गर्दछन् । कुनै पनि कम्पनीले नेप्सेलाई दिएको सूचना नेप्सेले पनि आफ्नो वेबसाइट मार्फत तुरुन्तै सार्वजनिक गर्नु पर्दछ तर यी दुई कम्पनीको हकमा भने नेप्सेले सूचना सार्वजनिक नगरेर लगानीकर्ताहरुलाई सूचनाको हकबाट बन्चित गरेको छ ।   

अरुण काबेली पावर कम्पनी लिमिटेडलाई  शतप्रतिशत हकप्रद सेयर निकाल्न विद्युत नियमन आयोगले अनुमति भदाै १० गते, शुक्रबार नै  अनुमति प्रदान गरिसकेको छ।  तेस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले भदौ १३ गते बसेको बैठकले चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । यस्ता कम्पनीका महत्वपूर्ण जानकारी हरेक सूचीकृत कम्पनीले नेप्सेलाई तुरुन्तै जानकारी गराउछन् भने नेप्सेले पनि उक्त जानकारी लगानीकर्तालाई आफ्नो वेभ साइट मार्फत अवगत गराउने गर्छ। 

नेप्सेलाई अवगत नगराई कम्पनीले सूचना राखेमा नेप्सेले विभिन्न समयमा कम्पनीहरुलाई स्पष्टीकरण सोध्ने र कारोबार रोक्का समेत गर्ने गरेको छ। 

नेप्से जस्तो जिम्मेवार सस्थाले लगानीकर्तालाई सूचनाबाट वन्चित गराउनु भनेको नेप्से आँफै इन्साडर हुन खोज्नु हो यसको आवाज लगानीकर्ताले उठाउनै पर्ने लगानीकर्ता डमरु बल्लभ घिमिरेले भने ।

यति मात्र होइन नेप्सेले आफ्नो अधिकारिक वेब साइटबाट लगानीकर्तालाई दिदै आएको नेप्सेको साप्ताहिक, मासिक र वार्षिक जानकारी पनि अहिले दिन बन्द गरेको छ।   नेप्सेले २०२१ जुन २५ देखि लगानीकर्तालाई उपलब्ध गर्दै आएको रिपोर्ट पुरै बन्द गरेको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको