Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट भित्रियो ६ अर्बको स्याउ !

पत्रपत्रिका

बुधबार, १५ भदौ २०७९, ०६ : ५० मा प्रकाशित

चीनबाट भित्रियो ६ अर्बको स्याउ !

नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तव्यांकले देखाएको छ।

नेपालले गत आर्थिक वर्ष २०७८/०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तव्यांक छ। भन्सार विभागका अनुसार गत आवमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो ।

गत आवमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ। अघिल्लो आव २०७७/०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो भने त्यसअघिको वर्षमा ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको स्याउचीनबाट आयात गरेको तथ्यांक छ। नेपालले धेरै मुलुकबाट स्याउ आयात गर्ने भए पनि चिनियाँ स्याउको एकाधिकार जस्तै रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको