Like us!
Follow us!
Connect us!
Watch us!

‘बुल र बियर पात्रो हेरेर आँउदैन, यो कर्जा लिएर सेयर किन्ने बेला होईन’

अर्थ संसार

बुधबार, १५ भदौ २०७९, ११ : ४० मा प्रकाशित

सेयर लगानीकर्ता एवमं विश्लेषक केशव कोइराला ‘काका’ ले सेयर बजारमा बुल र बियरको साईकल पात्रो हेरेर आउने नभई बजारमा हुने नगद प्रवाहबाट प्रभावित हुने बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम मार्केट प्रिस्किप्सनसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।    

‘समयक्रम हेरेर, घडि हेरेर वा पात्रो हेरेर न बुल आउँछ न बियर नै आँउछ, हामीले भनेको होईन नेपालको बुल त ३ ४ वर्षसम्म चल्छ भनेर खै त चलेको १३ - १४ महिनामा बजार ११ सयबाट ३२०० पुग्यो अनि हाम्रो आम बुझाई के थियो भने भर्खर त डेढ वर्ष भयो यो बजार कम्तिमा अरु २ वर्ष त बढ्नै बाँकी छ भन्दा भन्दै बजार बियरिस ट्रेन्डमा गएको पनि एक वर्ष नाघिसक्यो’ उनले भने ‘बियरिस बजार अब यति समयनै रहन्छ भन्ने कुरा पनि हामीले ठ्याक्कै यति समयसम्म रहला भनेर भन्न सक्दैनौँ अब बजारमा हुने नगद प्रवाहले नै बजारको दिसा निर्धारण गर्छ ।’

उनले अहिलेको समय सेयर कर्जा लिनका लागि उपयुक्त समय नभएको समेत बताए । ‘अहिले कतिपय बैंकहरुले मुद्दती निक्षेपमा नै १३ प्रतिशतसम्म ब्याज दिईरहेका छन् भने उनीहरुले कर्जामा लिने ब्याज त कति होला हामी आँफै पनि कल्पना गर्न सक्छौँ अनि त्यति महँगोमा कर्जा लिएर सेयरमा लगानी गर्नु म त्यति उपयुक्त हो जस्तो देख्दिँन’ उनले भने । 

बजारमा नयाँ लगानी नआँउदा सम्म पुराना लगानीकर्ताहरुको पनि मनोबल नबढ्ने उनको तर्क छ । ठुला लगानीकर्ताहरुलाई जबसम्म बजारलाई माथी पुर्याएर बेचरे नाफा कमाउन सक्छु भन्ने आत्मविश्वास नआँउदासम्म बजार बढेर धेरै माथी जान नसक्ने बताउछँन् उनी ।  

कोईरालासँग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको