Like us!
Follow us!
Connect us!
Watch us!

अल्फा बिटाले भन्यो-'प्रचलित कानुन बमोजिम कानुनी उपचार खोज्छौँ'

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, १० : ०६ मा प्रकाशित

अल्फा बिटाले भन्यो-'प्रचलित कानुन बमोजिम कानुनी उपचार खोज्छौँ'

काठमांडौ महानगरपालिकाले कानुन विपरित अवैधानीक संरचना बजाएको भन्दै संरचना भत्काईदिएपछि अल्फा बिटाले भदौ १५ गते बुधबार एक विज्ञप्ती जारी गर्दे महानगरका बिरुद्धमा कानुनी उपचार खोज्ने जनाएको छ । 

भदौ ९ गते महानगरका प्रमुख बालेन्द्र साह सहितको टोलिले अल्फाबिटाले नियम विपरित संरचना बनाएको भन्दै भत्काई दिएको थियो । अल्फाबिटाले बुधबार जारी बिज्ञप्तीमा भनेको छ काठमाडौं महानगरपालिका प्रमुख, मेयर बालेन्द्र शाह सहितको टोलीले नयाँ बानेश्वरस्थित हाम्रो अल्फाबिटा कम्प्लेक्स निरिक्षणका क्रममा भएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । महानगर प्रमुखको उद्देश्यलाई उच्च कदर गर्दै, सो दिन भएका गतिबिधि, निरिक्षण र आम मानिसको बुझाई, यथार्थ भन्दा फरक परेकाले सो विषयलाई स्पष्ट पार्नका लागि यो बिज्ञप्ती जारी गरिएको छ ।

बदनियत पूर्वक, केहि निहित स्वार्थ पूर्तिहेत संचालित समूहद्वारा यो मौकाको गलत फाइदा उठाउने नियतले हाम्रो व्यक्तिगत जीवन र घ दशक लामो स्थापित संस्थाप्रति आँच आउने किसिमको सूचना प्रबाह गरिएकोमा हामी घोर भत्र्सना गर्दछौँ र त्यस्ता कुनै पनि व्यक्ति वा संस्था प्रति प्रचलित कानुन बमोजिम कानुनी उपचार खोज्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अल्फाबिटाद्धारा जारी विज्ञप्तीः
 

631033585dd0b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको