Like us!
Follow us!
Connect us!
Watch us!

नक्सा पास नभएका संरचनाहरुको नक्सा पास गर्न महानगरले ९० दिनको समय दिने

अर्थ संसार

विहीबार, २३ भदौ २०७९, ०७ : २५ मा प्रकाशित

नक्सा पास नभएका संरचनाहरुको नक्सा पास गर्न महानगरले ९० दिनको समय दिने

काठमांडौ महानगरपालिकाले प्रचलित भवन निर्माण मापदण्ड अनुसार भइ हालसम्म पनि नक्सा पास नभएका संरचनाहरुको नक्सा पास गर्न ९० दिनको समय दिने भएको छ । आज बिहिबार महानगरले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । 

आज महानगरको सहरी व्यबस्थापन विभागद्धारा जारी सूचनामा भनिएको छ ‘काठमाडौँ महानगरपालिका नगर सभाको ११औं अधिवेशनबाट आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रममा “प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरूप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ” भन्ने नीति समेत उल्लेखित भई पारित भएकोले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको छ।’ 

‘काठमाडौँ महानगरपालिका क्षेत्रमा निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिन भित्रमा नक्सा पेस गरी नक्सा स्वीकृतरनियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ । तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने’ सूचनामा उल्लेख गरिएको छ ।

काठमांडौ महानगरले जारी गरेको सूचनाः
 

63194854605d8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको