Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरको  विशेष साधारणसभा आज, हकप्रदको प्रस्ताव पारित हुने

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, ०७ : १० मा प्रकाशित

नेशनल हाइड्रोपावरको  विशेष साधारणसभा आज, हकप्रदको प्रस्ताव पारित हुने

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आज भाद्र १७ गते, शुक्रबार डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुँदैछ ।

भदौ १० गतेका लागि डाकिएको विशेष साधारणसभामा गणपुरक संख्या नपुगेपछि सोहि दिन बसेको कम्पनीको सञ्चालक समितीले आजका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो । 

सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ । 

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भाद्र २ गते बुकक्लोज गरेको थियो त्यसैले, भाद्र १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको