Like us!
Follow us!
Connect us!
Watch us!

जागिरकाे खाेजीमा हुनुहुन्छ ? राष्ट्र बैंकले माग्यो भारी संख्यामा कर्मचारी

अर्थ संसार

शुक्रबार, १७ भदौ २०७९, १२ : ३६ मा प्रकाशित

जागिरकाे खाेजीमा हुनुहुन्छ ? राष्ट्र बैंकले माग्यो भारी संख्यामा कर्मचारी

नेपाल राष्ट्र बैंकले झन्डै चार दर्जन कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले एक सूचना जारी गर्दै भारी संख्यामा कर्मचारी माग गरेको हो । 

सूचनाअनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदका लागि कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको जनाएको छ । 

प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा एकजना र सहायकमा २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति ६ असोजसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी १३ असोजसम्म दरखास्त पेस गर्न सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको