Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमा केही सहजता देखिँदैछ: गभर्नर अधिकारी

अर्थ संसार

शनिबार, १८ भदौ २०७९, १६ : ०० मा प्रकाशित

अर्थतन्त्रमा केही सहजता देखिँदैछ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा गत मंसिर पछि भने केही सहजता देखिन थालेको बताएका छन् ।

केही सहजता देखिए पनि अझै जोखिम कम नभएको भन्दै उनले राष्ट्र बैंकले सजगता भने अपनाईरहेको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै उनले सोही अनुसार आयातमा केही वस्तुको कडाई कायम रहेको बताए।

बाह्य क्षेत्रमा जोखिम कम नभएको अवस्था सामान्य बनेसँगै आयात पूर्णतया खुला हुने उनको तर्क छ । पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसार भरका अर्थमन्त्री र गभर्नर दबावमा परेकाे उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको