Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नोट २९ भदौबाट

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, ०६ : ३४ मा प्रकाशित

नयाँ नोट २९ भदौबाट

आगामी १० असोजमा पर्ने घटस्थापनाको दिनबाट सुरु हुने दसैं, तिहार र छठ पर्वका लागि बैंकहरूले सर्वसाधारणलाई २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले २६ भदौदेखि नै बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ । त्यसपछि बैंकहरूले सर्वसाधारणका लागि २९ भदौबाट नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएका हुन् ।

गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही सुविधा पाउनेछन् । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्मको नयाँ नोट सटही सुविधा दिने राष्ट्र बैंकले जनाएको छ ।

सबै बैंकहरूमा पु-याइएपछि सर्वसाधारणलाई २९ भदौदेखि नयाँ नोट वितरण गरिने आन्तरिक तयारी गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

नेपालका अनुसार गत वर्षजस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मका नयाँ नोट सटही सुविधा पाउनेछन् । यसरी वितरण गरिने नयाँ नोटहरूमा ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक वटा बन्डल हो ।

दसैंका ग्राहकलाई आफ्ना शाखा काउन्टरबाट सहज रूपमा नयाँ नोट उपलब्ध गराउने तयारीमा जुटेको राष्ट्र बैंकले देशभरका विभिन्न बैंक तथा वित्तीय संस्थालाई भने २ देखि ५ करोड रुपैयाँसम्मका नयाँ उपलब्ध गराउनेछ ।

चालू आर्थिक वर्षभरि नै राष्ट्र बैंकले आफ्ना कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट वितरण गरिरहेको छ । अझै पनि दसैंका बेला मात्र नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गरी पुनः यस्तो सुविधा प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको